आईपीएलमा बैंग्लोर विजयी

न्युजलय ७ बैशाख २०७९, बुधबार ०१:०७ मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियिर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ ।

 

गएराति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै बैंग्लोर दोस्रो स्थानमा उक्लिएको हो । बैंग्लोर र शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको समान १०–१० अंक रहेको छ।


गयराति बैंग्लोरले दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्रै बनाउन सक्यो । लखनऊका लागि क्रुनाल पाण्ड्याले ४२ रन बनाउँदा केएल राहुल ३० रनमा आउट भएका थिए । यसैगरी मार्कस स्टोइनिस २४ रनमा पभेलियन फर्किएका थिए । जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिए ।


पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । कप्तान फाफ डूप्लेसिसले सर्वाधिक ९६ रनको पारि खेले । उनले ६६ बल फेस गर्दा २ छक्का र ११ चौका प्रहार गरेका थिए । सहवाज अहमदले २६ तथा ग्लेन म्याक्सवेलले २३ रन जोडे । दुष्मन्था चामिरा र जेसन होल्डरले दुई दुई विकेट लिए ।