पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

न्युजलय ३१ साउन २०८१, बिहिबार ०१:२८ मा प्रकाशित

भोजपुर । पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । 

टेम्केमैयुङ–९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ ।

सडक माथीबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासीले बताए ।