काठमाडौं । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जुलाई १४ मा प्रक्षेपण गरेको ‘चन्द्रयाना ३ यान’ चन्द्रमाको कक्षमा पुगेको छ ।
इसरोले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै चन्द्रयाना–३ चन्द्रमाको कक्षमा पुगेको जानकारी दिएको हो ।
यससँगै चन्द्रयाना–३ यानले खिचेको चन्द्रमाको पहिलो तस्वीर र भिडिओ सार्वजनिक भएको छ । भिडिओमा चन्द्रमाको सतह निलो रङ्गको देखिएको छ, जसमा विभिन्न आकारका छापहरू देख्न सकिन्छ ।
योभन्दा अघि सन् २०१९ मा अवतरण हुनुअघि सम्पर्कविहीन भएपछि चन्द्रयान–२ असफल भएको थियो । त्यस्तै भारतको पहिलो चन्द्रमा परियोजना सन् २००८ मा असफल भएको थियो । चन्द्रमाको दक्षिण ध्रुवमा दुर्घटनामा परेको थियो ।
हालसम्म रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र सफलतापूर्वक चन्द्रमामा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गरेका छन् ।
यदि सबै कुराहरू योजना गरे अनुरूपकै भएको खण्डमा चन्द्रयान–३ अगस्ट २३ र ३४ गतेको बीचमा चन्द्रमाको सतहमा पुग्ने वैज्ञानिकको अध्ययनले देखाएको छ ।