सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश

न्युजलय ५ मङ्सिर २०८२, बिहिबार ०१:११ मा प्रकाशित

काठमाडौं । बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी भएको छ ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीचच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बने पछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा बिहीबार जेनजी समूहका युवालाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज पनि प्रदर्शन गरेका हुन् ।

सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ ।