झन् झर्दै सेयर बजार, सबै सूचक घटे

न्युजलय २० जेठ २०७९, शुक्रबार ०९:४१ मा प्रकाशित

काठमाडौँ । साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से २१ सयमुनि झरेको छ । शुक्रबार परिसूचक ३३.७६ अंक घटेसँगै २०७८ अंकमा कायम भएको छ । १ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो । यस दिन सबै उपसमूह घटेका छन् ।

बैंकिङ २४, विकास बैंक ५६, फाइनान्स २१, होटल तथा पर्यटन २३, जलविद्युत् ३१, जीवन बीमा २३६, उत्पादन ८८, लघुवित्त ६२, निर्जीवन बीमा १६७, अन्य १२ र ब्यापार उपसमूह ४४ अंकले घटे । दुई कम्पनी उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । 

अर्थमन्त्री जनार्दन शर्माको नकारात्मक टिप्पणीसँगै घट्न थालेको शेयर बजार नयाँ वर्ष, स्थानीय सरकारको चुनाव तथा नयाँ बजेटले पनि कुनै सकारात्मक प्रभाव नपारेपछि लगानीकर्ताहरु निराश बनेका छन् ।