मंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु

न्युजलय ४ भदौ २०८१, मङ्गलबार ०८:५२ मा प्रकाशित

काठमाडौँ । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । 

मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरु छन् ।

डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । 

अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको सङ्ख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ ।