काठमाडौँ । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ।
रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ।
रोमानियामा कार्यरत एक नेपालीका अनुसार रेल दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमिई रेल सडक खण्डमा गत २ अगस्ट २६ (आइतबार) भएको हो।
रेलमार्ग आसपासको क्षेत्र अँध्यारो तथा झाडीले ढाकिएको हुँदा आउँदै गरेको रेलको समयमै जानकारी नपाउँदा तीव्र गतिमा आएको रेलको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
मृतक दुवै युवाको शव आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नेपाल पठाउने तयारी भइरहेको छ ।
रोजगारीको सिलसिलामा शान्तकुमार २७ मे २०२३ मा रोमानिया आएका थिए भने निश्चल ४ वर्ष अगाडि गएका थिए ।