आज २२ चैत्र २०८२ आइतवारको राशिफल

न्युजलय २२ चैत २०८२, आइतबार ०६:०४ मा प्रकाशित

मेष । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा कुनै कुरालाई लिएर मनमा असन्तोषको भावना जागृत हुनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष । अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनाले तर्कशक्तिमा वृद्धि हुनेछ। विवादास्पद विषय वस्तुबाट टाढा रहनुहोस्। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट । स्वास्थ्यलाई लिएर खानपिनमा सतर्कता अपनाउनुहोस्। मन अशान्त रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। पारिवारिक समस्याले काम समयमा समापन गर्न नसकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह । आँटेको कार्य सिध्द हुनेछ। उच्च अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। नोकरी वा पेशामा कामको तारिफ हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या । अनावश्यक काममा अल्मलिदा कार्यक्षेत्रमा पछि परिनेछ। नयाँ वस्त्र आभूषण आदिले सौन्दर्यमा निखार आउनेछ। वाणीमा संयमता र स्पष्ट संवादले परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।

तुला । परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। सेवामूलक कामले मान प्रतिष्ठा दिलाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। दिन मनोरञ्जनात्मक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक । आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने जोखिम लिनदेखि बच्नुहोस्। गोप्य कुराहरू बाहिरिनाले समस्या निम्ताउला सावधान रहनुहोस। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु । लगनशीलताले कार्यक्षेत्रमा सफलता पाइनेछ। कानुनी पक्ष मजबुत रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर । लगनशीलताले कार्यक्षेत्रमा सफलता पाइनेछ। कानुनी पक्ष मजबुत रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ । व्यर्थको काममा समय व्यतित हुनेछ। धार्मिक स्थलहरूमा भ्रमण र दान आदि गरेर पुण्य आर्जन गर्न सक्नुहुनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ८ रहेको छ।

मीन । शत्रुहरू सक्रिय रहनेछन्। कृषि र पशुपालन बाट लाभ आर्जन गर्न सकिएला। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

स्रोत हाम्रोपात्रो