विश्व आदर्श कलेजद्वारा कक्षा ११ का ७ सय ५० जना विद्यार्थीलाई स्वागत

न्युजलय ९ भदौ २०८१, आइतबार १२:०२ मा प्रकाशित

इटहरी । स्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापहरुबाट शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएको सुनसरीको इटहरीस्थित विश्वआदर्श कलेजले कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई स्वागत गरेको छ । 


विश्वआदर्श कलेजमा अध्यनरत कक्षा १२ का विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रममा कक्षा ११ का विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि आएका ७ सय ५० जना विद्यार्थीलाई स्वागत गरिएको हो ।


कार्यक्रममा १२ कक्षामा ए प्लस नतिजा ल्याउने २८ जना विद्यार्थीसहित अभिभावकलाई समेत सम्मान गरिएको थियो । स्वागत कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


त्यसै गरी विश्व आदर्श फ्रेसर प्रतियोगितामा २० जनाले सहभागिता जनाएकामा ५ जना पुरस्कृत भएका छन् । प्रतियोगितामा एन्जिला गौतम प्रथम, यनी थपलिया दोस्रो, पुर्णिमा खड्का तेस्रो भएका छन् भने श्रीयन्सा घिमिरे चौथो र श्रृजन रसाइली पाँचौ भएका थिए । उनीहरुले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार, ५ हजार रुपैया नगद र पुरस्कार प्राप्त गरेका थिए ।


साथै फ्रेसर प्रतियोगितामा जेनिसा राइलाई ब्राण्ड एम्बास्डर घोषणा गरिएको छ ।  


विश्व आदर्श फ्रेसर प्रयोगिताको निर्णायकमा रोसना थापा, प्रविण पाठक, विना कट्वाल रहेका थिए ।


कार्यक्रममा विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिभिरे, प्राचार्य गणेश दुलाललगायत शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।