काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’ सार्वजनिक भएको छ ।
गायक कमल खत्री र अनिता लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडेल अनिता लिम्बुलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।
कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ‘ढल्केला ढल्केला’को भिडियोलाई मोडेल एवं यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिइन् ।