सोलुखुम्बु । सोलुखुम्बुबाट एक वर्षमा एक लाख २५ हजार किलोभन्दा बढी जडीबुटी ९गैर काष्ठ वन पैदावर० निकासी भएको छ ।
गएको आर्थिक वर्ष २०७८र०७९ मा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८दशमलव ३ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार १२० किलो जडीबुटी निकासी भएको हो ।
कार्यालयको तथ्यांक अनुसार लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रा गैर काष्ठ वन पैदावर निकासी भएको छ । जिल्लामा सामुदायिक वन ३२ हजार ७ सय ३ दशमलव ९६ हेक्टर, निजी १८५ दशमलव ५ हेक्टर र राष्ट्रिय वन ६ हजार ८ सय ८५ दशमलव ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ती वन क्षेत्रहरुबाट मछिनो, चिराईतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफुल लगायतका जडीबुटी निकासी हुने गरेको अधिकृत चौधरीले बताउनुभयो ।
यी जडीबुटीहरु औषधिका लागि झापा, काकड्भिट्टा, काठमाण्डौ हुँदै भारत निकासी हुने गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।