भोजपुर । गृहजिल्ला भोजपुर भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर सदरमुकाममा लामखुट्टे भगाउने एयरगन बाँडेका छन्।
स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रुपमा गर्दै आएको सरसफाइमा उनी सहभागी भए र लामखुट्टे मार्ने एयरगन उपलब्ध गराएका हुन् ।
भोजपुर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन सिलान्यासका लागि गृहजिल्ला पुगेका मन्त्री किराती जिल्लाका ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा सहभागी भएका थिए।