काठमाडौँ । यो साता सेयर बजारका लागि उत्साहपूर्ण रह्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ ।
साथै यो साता कारोबार रकम समेत बढोन्नती हुँदै ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यद्यपि, यस साता चार दिन मात्र सेयर कारोबार भएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले कारोबार हुन सकेन ।
यस्तै यो साता मार्केट क्यापिटलाइजेशन (सेयर पुँजीकरण( समेत १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँमा पुगेको छ ।