भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

न्युजलय ४ फाल्गुण २०७९, बिहिबार ०७:०६ मा प्रकाशित

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। दुई हप्ताअघि बढेर आएको पेट्रोलियम पदार्थको मूल्य अहिले भने घटेर आएको हो।  

भारतीय आयल निगमले पठाएको पत्रअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ १७ पैसा, डिजेल ६ रुपैयाँ ५० पैसा घटाइएको छ। 

हवाई इन्धन भने ३ रुपैयाँ ८८ पैसाले घटेर आएको छ।  

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ।