सुनको मूल्य स्थिर

न्युजलय २० असोज २०८३, मङ्गलबार ११:०९ मा प्रकाशित

काठमाडौं। आज सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।