घट्यो सुनको मूल्य

न्युजलय ९ साउन २०७९, सोमबार ११:५९ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । 

अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार ४०० रुपैयाँमा झरेको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एकसय रुपैयाँले नै घट्दै ९३ हजार ९०० रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।