काठमाडौं। नेप्सेमा आजपनि गिरावट आएको छ। आज शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेर रोकिएको छ।
आज ३३४ कम्पनिका एक करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ मा कारोबार भएको थियो।
आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर ८.६० प्रतिशतले बढेको छ भने सिभिल बैंक डिभेन्चरको शेयर ६.९६ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको ६.९३ प्रतिशतले घटेको छ।