निर्माणाधीन झोलुङ्गे पुल भत्किँदा ५ जनाको मृत्यु

न्युजलय १६ मङ्सिर २०८१, आइतबार ०२:४१ मा प्रकाशित

दाङ । रोल्पामा झोलुङ्गे पुल भाँच्चिदा ५  जनाको मृत्यु भएको छ । पुलको रिटेनिङ पर्खाल भत्किएर पुरिदाँ ५ जनाको मृत्यु भएको हो  ।

 प्रहरीका अनुसार मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३, बाहिरी गाम निवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।