काठमाडौँ । बजारमा खाने तेलको मूल्यमा सस्तो भएको छ । तर उपभोक्ताले भने घटेको मूल्यमा तेल पाउन सकेका छैनन् । उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारमा नपुगेकाले उपभोक्ताले घटेको मूल्यमा तेल नपाएका हुन् ।
मूल्य प्रतिलिटरमा २०–२५ रुपियाँसम्म घटेको छ तर उद्योगीले भनेजस्तो प्रतिलटरमा ४० रुपियाँ घटेको मूल्य अहिलेसम्म बजारमा आइपुगेको छैन । पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर २५ रुपियाँसम्म सस्तो भए पनि प्रतिलिटरमा ४० रुपियाँ घटेको तेल अहिलेसम्म बजारमा नआएको व्यवशायीको दावी छ ।
केही दिनयता खाने तेल प्रतिलटरमा मूल्य ३० रुपियाँदेखि ४० रुपियाँसम्म घटेको छ । पछिल्लो पटक भटमास तेल प्रतिलिटरमा ४० रुपियाँ र सनफ्लावर तेल प्रतिलिटर ३० रुपियाँ सस्तिएको सङ्घले जनाएको छ । खुद्रा व्यापार सङ्घका अनुसार नयाँ घटेको मूल्य भर्खर मात्रै थोकसम्म आउन थालेको र छिट्टै बजारमा जाने र घटेको मूल्यमा उपभोक्ता उपभोग गर्न पाउनेछन् ।