४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो

न्युजलय ७ भदौ २०८१, शुक्रबार ०६:२८ मा प्रकाशित

 काठमाडौँ । ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खसेको छ । 

पोखरादेखि काठमाडौँका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका –२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको हो । 

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आएको छैन ।