आइपिएलमा दिल्लीको विजयी सुरूवात

न्युजलय १४ चैत २०७८, सोमबार ०२:४० मा प्रकाशित

काठमाडौं । आइपिएल २०२२ मा दिल्ली क्यापिटल्सले विजयी सुरूवात गरेको छ। आइतबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो।


मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १० बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो।

 

दिल्लीका लागि ओपनर पृथ्बी शाले २४ बलमा ३८ रन र ललित यादवले ३८ बलमा नटआउट ४८ रन जोडे। यस्तै अक्षर पटेलले १७ बलमा नटआउट ३८ नर जोड्दा दिल्लीले जित निकाल्यो।


बलिङमा मुम्बईका बासिल थम्पीले ३ विकेट लिए।


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १७७ रन जोड्यो।


उसका लागि इशान किसनले नटआउट ८१ रन जोडे। उनले ४८ बलमा ११ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान रोहित शर्माले ४१ रनको योगदान दिए।


बलिङमा दिल्लीका कुलदिप यादवले ३ विकेट र खलील अहमेदले २ विकेट हात पारे।