सुनसरीबाट १ सय २२ किलो गाँजा बरामद

न्युजलय १४ फाल्गुण २०८०, सोमबार ०१:०९ मा प्रकाशित

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका ५ साहेवगंजस्थित पश्चिम टोल साइटबाट १ सय २२ किलो अवैध लागु औषध गाँजा सोमबार(आज) बिहान प्रहरीले बरामद गरेको छ । 

ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र मोटरसाइकलमा रहेको ४ वटा बोरा छाडी फरार भएपश्चात् बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । 

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।