कोरियामा अस्ताइन् इलामकी सोनु

न्युजलय ४ भदौ २०८१, मङ्गलबार ११:१५ मा प्रकाशित

काठमाडौं । अध्ययनका लागि दक्षिण कोरिया पुगेकी एक नेपाली युवतीको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको आइतबार मृत्यु भएको हो ।

दक्षिण कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत सोनुको मृत्यु भएको इलाम कोरिया जनसम्पर्क मञ्चले जनाएको छ  ।

उनको मृत्युबारे परिवारले खबर पाइसकेको छ । ६ महिनाअघि गत फेब्रुअरीमा विद्यार्थी भिसामा कोरिया गएकी श्रेष्ठको के कारणले मृत्यु भएको स्पष्ट भएको छैन ।

उनका बुवा लिला कुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । मलेसियामा रहेका लिला कुमारको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो ।