इटहरीका दिनेश कोइराला ‘छक्का पन्जा ४’ मा

न्युजलय १८ साउन २०७९, बुधबार ०१:१५ मा प्रकाशित

इटहरी ।  इटहरीका मोडल तथा अभिनेता दिनेश कोइराला चलचित्र  ‘छक्का पन्जा ४’ मा अभिनय गर्ने भएका छन् । 

 छक्का पन्जा’ सिरिजमा राजाको उपनामले समेत चिनिएका निर्माता तथा कलाकार दिपक राज गिरिको साथिको भुमिकामा कोइरालाले अभिनय गर्ने बताइएको छ । 

कोइराला स्वयंले भने फिल्म युनिटको अनुमती नभएका कारण आफ्नो रोलको बारेमा केही बताउन चाहेनन् । सुनसरी इटहरीका उनि यतिबेला यहि फिल्म छायांकनका लागी काठमाडौमा छन् । श्रोतका अनुसार उनले केहि दिनदेखी सट दिइरहेका छन् भने उनको १५ दिनको छायांकन तालिका छ । 

सानै हुदा करिव ५३ सालतिर कोइरालाले ‘द कमाण्डो’ फिल्ममा अभिनय गर्दै बाल कलाकारबाट फिल्म क्षेत्रमा पाइला चालेका थिए ।

हालसम्म उनले मिराज, झिल्के, म पर्खिरहन्छु, फेक फ्रेन्ड, राम साइली, अभियान लगायत आधा दर्जनबढी फिल्ममा अभिनय गरिसकेका छन् ।