शेयर बजार झन्डै १५ अङ्कले घट्यो

न्युजलय ६ चैत २०७८, आइतबार ०९:१७ मा प्रकाशित

 काठमाण्डौ । आइतबार(आज) शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६७ अङ्कले घटेर दुई हजार ६ सय १६ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज लगानी समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । 

दुई सय २४ वटा कम्पनीका ४२ लाख ८७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत्, शिवश्री हाइड्रो, प्रभु लाइफ इन्सुरेन्स र एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।