आज २९ जेठ २०८३ शुक्रवारको राशिफल

न्युजलय २९ जेठ २०८३, शुक्रबार ०५:४३ मा प्रकाशित

मेष । मनलाई आनन्द दिने काममा समय बित्नेछ। सिर्जनात्मक सोचले नयाँ बाटो देखाउनेछ। आफूले गरेको प्रयासको मूल्य महसुस हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृष । घरपरिवारसँग सम्बन्धित विषयले प्राथमिकता पाउनेछ। आफन्तसँगको सहयोगले केही महत्वपूर्ण काम सहज रूपमा पूरा हुनेछन्। घरेलु वातावरण सुखद रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन । आज भेटघाट र संवादले विशेष महत्व राख्नेछ। सानो जानकारीले पनि ठूलो फाइदा दिन सक्छ र नयाँ सोचतर्फ प्रेरित गर्न सक्छ। समय उपयोगी रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट । आर्थिक विषयमा सन्तुलित निर्णय लिन सकिनेछ। आवश्यक कुरामा गरिएको खर्च लाभदायक बन्नेछ। परिश्रमको प्रतिफलले मन खुसी बनाउनेछ। आजको शुभ रंग सुनौलो पहेंलो हो भने शुभ अंक १ रहेको छ।

सिंह । आज व्यक्तित्व प्रभावशाली रहनेछ। आफ्नो विचार राख्ने अवसर प्राप्त हुनेछ र अरूले तपाईंको सुझावलाई महत्व दिनेछन्। आत्मसन्तुष्टि बढ्नुका साथै नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

कन्या । केही समय आफ्नै योजनाबारे सोच्न मन लाग्न सक्छ। हतारमा निर्णय लिनुभन्दा परिस्थितिलाई नियाल्नु राम्रो हुनेछ। धैर्यले सही बाटो देखाउनेछ। आजको शुभ रंग शाही निलो हो भने शुभ अंक ९ रहेको छ।

तुला । पुराना साथीभाइसँग सम्पर्क बढ्न सक्छ। समूहमा गरिने कामले राम्रो परिणाम दिनेछ र भविष्यका योजनामा पनि प्रगति देखिनेछ। मनमा नयाँ आशा जाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक । कर्तव्य र जिम्मेवारीतर्फ ध्यान केन्द्रित रहनेछ। आफ्नो मेहनतले राम्रो छाप छोड्नेछ। अनुभवको सही प्रयोगले उपलब्धि नजिक ल्याउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

धनु । फरक विषय जान्ने र बुझ्ने इच्छा बढ्नेछ। अध्ययन, अनुसन्धान वा नयाँ अनुभवबाट लाभ प्राप्त हुनेछ। सोचको दायरा फराकिलो बन्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

मकर । आज गम्भीर विषयमा सोचविचार गर्नुपर्ने हुन सक्छ। कुनै निर्णय लिनुअघि सबै पक्ष बुझ्नु उपयुक्त हुनेछ र संयमले फाइदा दिलाउनेछ। मन स्थिर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ। नजिकका व्यक्तिसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। मनका कुरा खुलेर राख्न सकिनेछ र एकअर्काप्रतिको विश्वास बलियो हुनेछ। दिन सन्तुलित र सुखद रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कुम्भ । नजिकका व्यक्तिसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। मनका कुरा खुलेर राख्न सकिनेछ र एकअर्काप्रतिको विश्वास बलियो हुनेछ। दिन सन्तुलित र सुखद रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मीन । आफ्नो कामलाई नयाँ ढंगले अघि बढाउने सोच आउनेछ। धेरै दिनदेखि रोकिएको विषयमा स्पष्टता मिल्न सक्छ र मनको अन्योल पनि कम हुँदै जानेछ। दिनभरि सक्रियता कायम रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

स्रोत हाम्रोपात्रो