करेन्ट लागेर एक किशोरको मृत्यु

न्युजलय २० साउन २०८१, आइतबार १२:५१ मा प्रकाशित

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका २ स्थितमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय आकाश ऋषिदेव रहेका छन् ।

आफ्नै घर नजिकै रहेको बसता खोलामा खेतीको लागि लगाएको मोटर पम्प सेट चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।