भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु

न्युजलय १७ असार २०८३, बुधबार ०२:२३ मा प्रकाशित

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको छ । 

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन् । 

प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताएको छ । उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु  अझै बेपत्ता रहेका छन् ।

 संयुक्त राष्ट्र सङ्घको  तथ्याङ्क अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी  तथा उद्धार कार्य जारी छ ।