गायक आदित्य नारायणलाई पुत्री लाभ

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०७:४६ मा प्रकाशित

काठमाडौं । भारतीय गायक आदित्य नारायण छोरीका बुवा बनेका छन् । 

श्वेताले २४ फेब्रुअरीमा मुम्बईको एक अस्पतालमा छोरी जन्माएकी हुन् । बुवा बनेपछि आदित्यले आफू असाध्यै खुसी भएको र छोरी नै जन्मिने कुरामा आफू आशावादी भएको पनि उनले बताए ।

आदित्यले एउटा अन्तरवार्तामा भनेका छन्, ‘सबैले मेरो छोरा नै जन्मिने बताएका थिए । तर मलाई भने म छोरीको पिता बन्नेछु भन्ने आशा थियो ।

छोरी सधैँ आफ्नो पिताको नजिक हुन्छन् र मेरी सानी परी आएकोमा मलाई असाध्यै खुसी लागेको छ । श्वेताका लागि मेरो माया र सम्मान दोब्बर भएको छ ।’