बढ्यो सुनको मूल्य

न्युजलय ३ असार २०७९, शुक्रबार ११:२७ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । । 

आज तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।