अपर स्याङ्गे हाईड्रोको आईपीओ असार १० गतेदेखि निष्काशन

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०५:५१ मा प्रकाशित

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनी ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ५३ हजार ९ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

कम्पनी यसअघि नै आयोजा प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको जनाएको छ ।