बढ्यो सुनको मूल्य

न्युजलय ६ असार २०७९, सोमबार ११:४३ मा प्रकाशित

 काठमाडौं । सोमबार(आज) सुनको मूल्य बढेको छ । 

आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।