सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

न्युजलय २४ भदौ २०८१, सोमबार ०५:१९ मा प्रकाशित

काठमाडौँ । आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

सुर्खेतका लागि बिहान ७ः४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७ः५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसले जानकारी दिएको छ । 

विमानमा रहेका ५३ जना यात्रुलाई भने अर्को विमानबाट सुर्खेत पठाइएको छ । 

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्याइएको जानकारी दिए ।