घट्यो सुनको भाउ

न्युजलय ३ जेठ २०७९, मङ्गलबार ११:५८ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन घटेर ९६ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यता, तेजावी सुन पनि ९७ हजार ३०० रुपैयाँबाट घटेर ९६ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । 

त्यस्तै, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २६० रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार २५० रुपैयाँमा कारोबार हुने भएको छ ।