नेपालले एकदिवसीय अभ्यास सिरिज आज जिम्बावेसंग खेल्दै

न्युजलय २४ बैशाख २०७९, शनिवार ०२:१६ मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत आज जिम्बावेसँग खेल्दैछ। शुक्रबार पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले शनिबार दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ।


कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाल ३ विकेटले पराजित भएको थियो। सिरिजको तेस्रो खेल सोमबार हुनेछ।


यसअघि सम्पन्न टी २० सिरिजमा जिम्वावे र नेपालले समान १ खेल जित्दा एउटा खेल वर्षादका कारण नतिजाविहीन भएको थियो। र, सिरिज १(१ को बराबरीमा टुंगिएको थियो।