इटहरीका कपडा तथा सिलाई व्यवसायीहरु पहिलोपटक संगठित, अध्यक्षमा न्यौपाने

न्युजलय २२ बैशाख २०८१, शनिवार ०८:५६ मा प्रकाशित

इटहरी । इटहरीमा रहेर कपडा तथा सिलाई व्यवसाय गर्नेहरु संगठित भएका छन् । नेपाल कपडा तथा सिलाई व्यवशायी महासंघअन्तर्गत पहिलोपटक नगर कार्य समिति बनेको हो । 


टंकमणी न्यौपाने (रविन) अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी कमिटिको उपाध्यक्षमा पूजा बोहोरा, रमेश रत्न, उपेन्द्र दर्जि, महेष सेवा, सचिवमा सुमित्रा भट्टराई, सह सचिवमा कृषा विष्ट, निर्मल अधिकारी, कोषाध्यक्ष निलिमा पराजुली र सदस्यहरुमा विशाल परियार, कोपिला निरौला अन्सारी, कृष्णबहादुर परियार, उमा धिमाल, सरु शर्मा, नविन नेपाली, नारायण श्रेष्ठ, मोहमद सामसद, तविता सुनाम र विशाल परियार चयन भएका छन् ।


समितिको सल्लाहकारहरुमा भाइसन बर्देवा, अजय अधिकारी, सुरेश भट्टराई, गोपालमान तिखत्री, नविन विकल्प र अनुप गौतम चयन भएका छन् । 


सिलाई व्यवसायीहरुको संगठनले उनीहरुको साझा पेशागत हितलाई प्रबद्र्धन गर्ने कार्यक्रमका सभापती तथा महासंघका विशिष्ट सदस्य भाईसन बर्देवाले जानकारी दिए । 


 महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष फिरोज अली, उद्योग वाणिज्य संघ कोशी प्रदेश सचिव मिना ढकाल, कपडा तथा सिलाई व्यवसायी महासंघ मोरङका अध्यक्ष भगत परिवार, सुनसरी अध्यक्ष पर्शुराम कार्की डोली, राष्ट्रिय महिला उद्यमी कोशी प्रदेश संयोजक तारादेवी अधिकारीलगायतको सहभागिता रहेको थियो । सोही कार्यक्रममा कपडा तथा सिलाई व्यवसायीमा आबद्ध राष्ट्रिय महिला उद्यमीको पनि कोशी प्रदेश समिती चयन गरिएको थियो ।