इटहरीमा ब्याडमिन्टन प्रतियोगिता हुदैँ

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०६:०७ मा प्रकाशित

 इटहरी । इटहरीमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणिराज गुरुङका अनुसार असोज ९ र १० गते ब्याडमिन्टन प्रतियोगिता गर्ने गरी तयारी गरिएको हो ।

मेयरकप अन्तरसदस्य तथा सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको गुरुङले बताए ।प्रतियोगितामा सहभागी हुन चाहनेले असोज ४ गतेभित्र दर्ता गरिसक्नुपर्ने छ ।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।