राजविराज । बार्दलीबाट खसेर सप्तरीमा एक जना सहायक प्रहरी हवलदारको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा कार्यरत सहायक प्रहरी हवलदार कृष्णमोहन सिंहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार बिहान ड्युटी जानका लागि भर्याङ चढ्ने क्रममा पहिलो तलाको बार्दलीबाट खसेर हवलदार सिंह घाइते भएका थिए ।
उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंह सर्लाहीको बलरा नगरपालिका–१० का बासिन्दा हुन् ।