काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आइतवार(आज) ५५ अङ्कभन्दा धेरैले बढेको छ ।
नेप्से आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज बैंकिङबाहेक सबै समूहको शेयर उकालो लागेको छ । आज व्यापार समूहको शेयर एक सय ८७ अङ्कले, होटलको एक सय ७३, विकास बैंकको तीन सय ३८, जलविद्युतको एक सय ६६, फाइनान्सको ९२ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४३ अङ्कले बढेको छ ।
यस्तै जीवन बीमा समूहको शेयर दुई सय ३० अङ्कले, निर्जीवन बीमा समूहको ६ सय तीन अङ्कले, उत्पादनको तीन सय १९ र अन्य समूहको शेयर झन्डै तीन अङ्कले बढेको छ ।
आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दुई सय ३२ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।