सुनकोसीमा जलसतह सतर्कता तहनजिक

न्युजलय २३ साउन २०८१, बुधबार १२:३३ मा प्रकाशित

काठमाडौं । सुनकोसी नदीमा जलसतह सतर्कता तहनजिक पुगेको छ । 

हमपचुवार भोजपुर र सुनकोसी नदी कम्फुघाट उदयपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले सुनकोसी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।