डेरीले थप ५ रुपैया बढाए दूधको मूल्य

न्युजलय २६ फाल्गुण २०७९, शुक्रबार ०८:२२ मा प्रकाशित

काठमाडौं । सरकारले किसानलाई सहुलियत दिनको लागि दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सातापछि निजी डेरीहरुले थप पाँच रुपैया मूल्य बढाएका छन् । नयाँ मूल्यवृद्धि पछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ ।

दहीको मूल्य एक लिटको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ ।