बढ्यो सुनको भाउ

न्युजलय ८ जेठ २०७९, आइतबार ११:३३ मा प्रकाशित

काठमाण्डौ । आइतबार (आज) फेरि सुनको भाउ बढेको छ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।