सङ्खुवासभा । मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा दुई सयभन्दा बढी भेडा हराएका छन्।
शनिबार आएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाएको हो। भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।,
वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको जनाइएको छ। पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्।
पहिरोमा परेर २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीय बासिन्दा उद्धार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन्।