काठमाडौँ । टी–२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुनाथिला सिड्नीमा पक्राउ परेका छन् ।
विश्वकप खेल्न गएका गुणथिलकालाई महिलामाथि यौन दुर्व्यबहार गरेको आरोपमा टोली बसेको होटलबाट पक्राउ गरिएको हो ।
गुणथिलाकामाथि यो हप्ताको सुरुमा २९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनलाई आइतबार सबेर हिरासतमा लिइएको हो ।
उनलाई अहिले सिड्नीस्थित सिटी पुलिस स्टेसनमा राखिएको बताइएको छ । दानुष्का टी–२० विश्वकपको पहिलो चरणपछि इन्जुरिका कारण टिमबाट बाहिरिएका थिए । टिमबाट बाहिरिए पनि उनी टिमका साथ अस्ट्रेलियामै थिए ।
उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।