प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगालाई

न्युजलय ३ असोज २०७९, सोमबार ०२:१५ मा प्रकाशित

इटहरी । प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगिता ओखलढुंगाले जितेको छ ।

 

आइतबार झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भएको खेलमा खोटाङलाई पराजित गर्दै ओखलढुंगाले महिला भलिबलको उपाधि जितेको हो ।


सेमिफाइनल र फाइनल खेल आइतबारै कमल गाउँपालिकामा सम्पन्न भएको थियो भने तेस्रो पोजिसनको लागि झापाको दमकमा खेल सम्पन्न भएको थियो ।

 

ओखलढुंगाले पहिलो सेटमा जित्दा खोटाङको १४ अंक थियो भने खोटाङले दोस्रो सेट जित्दा ओखलढुंगाको २२ अंक थियो ।


ओखलढुंगाले तेस्रो र अन्तिम सेट जित्दै भलिबलको उपाधि जितेको छ । तेस्रो पोजिसनको लागि भोजपुर र उदयपुरबीच प्रतिस्पर्धा भएको थियो । जसमा भोजपुरले जितेको थियो ।