सन्तोष पन्तको ‘हिजोआजका कुरा’ असोज २८ बाट प्रदर्शनमा आउने

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०२:४१ मा प्रकाशित

काठमाडौं । कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ को आगामी असोज २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ।


साकार पन्त निर्देशित फिल्म आगामी असोज २८ गते रिलिज हुने भएको  वितरण कम्पनी एफडी र बीके फिल्म्सले जानकारी दिएको छ।

 

आइतबार फिल्मको निर्माण पक्ष र वितरकको बैठकले फिल्मको नयाँ प्रदर्शन मिति तय गरेको हो ।


यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको थियो। कोरोना महामारीका कारण प्रदर्शन मिति लम्बिएको हो।

 

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष र साकारसंगै रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतको अभिनय रहेको छ।