विराटनगर । सुनसरीको बर्जु ४ स्थित जयनगर मुस्लिम टोलमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएको छ ।
स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो ।
आगलागीबाट सबै घर पूर्ण रुपमा जलेको सितागन्ज इलाका प्रहरी कार्यालयका प्रहरी इन्चाज प्रेम बहादुर राउतले जानकारी दिएका छन् । आगोलाई ६ वटा दमकलले नियन्त्रणमा लिएका थिए ।
एकै ठाउँमा घरहरू टाँसिएका कारण आगो फैलिएको थियो । अधिकांश घरको बेरा बाँसको टाटी र फुसको छानो भएका कारण बस्ती नै आगलागी भएको थियो ।