प्रथम जनता ओलम्पिक्स भलिबल प्रतियोगितामा राष्ट्रिय मावि प्रथम

न्युजलय २२ पुस २०७९, शुक्रबार ०३:०० मा प्रकाशित

इटहरी । प्रथम जनता ओलम्पिक्सअन्तर्गत जिल्ला स्तरीय मावि भलिबल प्रतियोगितामा इटहरीको राष्ट्रिय मावि प्रथम भएको छ । प्रतियोगितामा आदर्श मावि बराहक्षेत्र दोस्रो भएको छ ।

सुनसरीका विद्यार्थीहरुको खेल प्रतिभा विकास गर्ने उद्देश्यरले विद्यालयले पहिलो पटक सुरु गरेको ओलम्पिकमा कुल १५ खेलहरु खेलाईने विद्यालय व्यबस्थापन समितिका सदस्य तथा ओलम्पिक संयोजक शिवराज दहालले बताए । ओलम्पिक अन्तर्गत म्याराथुन, फुटबल, लोक नृत्य, लङ्ग जम्प, हाई जम्प, वक्तृत्वकला, चेस, एथ्लेटिक्सलगायतका खेलहरु हुने दाहालले जानकारी दिए ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ सञ्चलित प्रथम जनता ओलम्पिक्सलाई आगामी वर्ष पनि निरन्तरता दिइने र खेलहरुसमेत थप गरिने उनले बताए । 

जनता स्कुलले भर्खरै मात्र सुनसरीभरीका सामुदायिक विद्यालयमा प्रथम भएर प्रदेश सरकारबाट नगद अनुदानसमेत हात पारेको छ । पछिल्लो तीन वर्षयता यो विद्यालयले शैक्षिक, भौतिक र अतिरिक्त क्रियाकलापमा प्रगती गरेको छ भने विद्यार्थी तथा अविभावकहरुको समेत आकर्षणको केन्द्र बनेको छ ।