काठमाण्डौ । सोमबार(आज) शेयर बजार परिसूचक (नेप्से) ८७.६३ अङ्कले बढेको छ। बढेको बजार २६७२.२५ बिन्दुमा पुगेर रोकिएको हो।
आज २२९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ३० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार ३३ कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ। १० कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
आज शेयर बजार बढाउन फाइनान्स, जलविद्युत् र विकास ब्यांक उपसमूहको भूमिका छ। फाइनान्स उपसमूहको सूचक ७.८१, जलविद्युत् ७.५७ र विकास ब्यांक उपसमूहको सूचक ६.५० प्रतिशतले बढेको छ।