उदयपुर । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका–१ बस्ने ५८ वर्षीय ज्ञान बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।